१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

भारत भ्रमणमा रहेको नेपाल आज बरोडासँग खेल्दै

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेल्दै छ।

समूह चरणको अन्तिम खेल अन्तगर्त हुने आजको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ। आजको खेलमा जिते पनि हारेपनि नेपाल सिरिजको फाइनलमा प्रवेश गरिसकेको छ। तर, नेपाल आजको खेलमा जित निकाल्दै आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो।

प्रकाशित: २३ चैत्र २०८० ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App