१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

गुजरातविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल

भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत नेपालले पहिला ब्याटिङ्ग गर्ने भएको छ।

अबको केही बेरमा सुरु हुने खेलमा नेपालले टस हारेर आयोजक गुजरातविरुद्ध पहिला ब्याटिङ्ग निम्तो पाएको हो।

आजको खेलमा जित हात पार्दै नेपाल आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ भने आयोजक गुजरात नेपालसँग भोगेको पराजयको बदला लिन चाहन्छ।

यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ। नेपालले आफ्नो पहिलो खेलमा आयोजक गुजरातलाई ८ विकेटले पराजित गरेको थियो भने मंगलवार भएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो।

प्रकाशित: २१ चैत्र २०८० १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App