३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालका दुवै ओपनर आउट

नेपाली राष्ट्रिय क्रिकेट टिम र भारतको गुजरातबिच आइतबार भइरहेको खेलमा नेपालको दोस्रो विकेट गुमाएको छ। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल १५ बलमा १७ रन बनाएर र आशिफ सेख १५ बलमा १६ रन बनाएर आउट भएका छन्।

एसएमएस फ्रेन्डसिप कपको आइतबार भइरहेको खेलको दोस्रो इनिङमा नेपालले ब्याटिङ गरिरहेको छ। नेपालले ६ ओभरमा ३४ रन बनाएको छ।

पहिलो इनिङमा गुजरातले खेल जित्नका लागि नेपाललाई ९९ रनको लक्ष्य दिएको छ। आइतबार भारतको वापीमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै गुजरातलाई ब्याटिङमा बोलाएका थिए। 

गुजरातले १८.२ ओभरको खेलमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। गुजरातका लागि रुद्ध पटेलले सर्वाधिक २२ बलमा २३ रन बनाए। हेमंग पटेलले २३ रनमा २० रनको योगदान दिए। बाँकी बलरले उत्कृष्ट ब्याटिङ गर्न सकेनन्।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ४ विकेट लिए। करन केसीले ३ विकेट र सोमपाल कामीले एक विकेट लिएका थिए। 

प्रकाशित: १८ चैत्र २०८० १७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App