६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

उद्घाटन खेल जित्दै थ्री स्टार सेमिफाइनलमा

तिलौराकोट गोल्डकप:

कपिलवस्तुको बाणगंगा नगरपालिकामा सुरु भएको प्रथम तिलौराकोट गोल्ड कपको पहिलो खेल थ्री स्टार क्लबले जितेको छ। आयोजक कपिलवस्तु–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनल प्रवेश गरेको हो।

कपिलवस्तु बाणगंगाको बुद्ध रंगशालामा शनिबार उद्घाटन खेलमा थ्री स्टारका लागि निरज चौधरीले २ गोल गरे। यस्तै, दिपेश घलेले १ गोल थपे। खेलको ३२ औँ मिनेटमै थ्रीस्टारले निरजको गोलमार्फत अग्रता बनाएको थियो। त्यसको तीन मिनेटपछि दिपेशले गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाएका थिए।

पहिलो हाफ २–० गोल अन्तरले अगाडि रहेको थ्रीस्टारले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो। थ्री स्टारका निरजले नै ६३ औँ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। दुई गोल गरेका निरज नै खेलको म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

थ्रीस्टारले फाइनल प्रवेशका लागि विभागीय टोली नेपाल पुलिस क्लब र साहारा क्लब पोखराबीचको विजेतासँग खेल्ने छ। यी दुई टिमले सोमबार खेल्ने छन्।

आइतबार मछिन्द्र एफसी र हनामी बीएफसी चितवनबिच खेल हुने प्रतियोगिताको आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए। 

प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रकाशित: १७ चैत्र २०८० २१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App