२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल ‘ए’ लाई चौथो सफलता, सागरको घातक बलिङ

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी आयरल्यान्ड वुल्भ्ससँगको टि–२० खेलमा  नेपाल ‘ए’ ले चौथो सफलता हात पारेको छ।

नेपाली स्पिन बलर सागर ढकालका घातक बलिङमा आइरिस टोली दबाबपूर्ण अवस्थामा पुगेको छ।

सागरले हालसम्म तीन विकेट लिएका छन्, भने थप एक विकेट रनआउटका रुपमा प्राप्त भएको छ।

सागरले फालेको नवौं ओभरमा नेपाललाई दुई विकेट प्राप्त भएका छन्। जसमा एक विकेट सागरले लिँदा एक रनआउटका रुपमा प्राप्त भएको छ।

त्यसअघि सागरले ओपनरद्वउ रोज अदइर र जेम्स म्याकुलमलाई आउट गरेका थिए।

नौ ओभरको खेल सकिँदा आइरिस टोली ४ विकेटको क्षतिमा ६८ रनको स्थितीमा खेलिरहेको छ।

प्रकाशित: १७ चैत्र २०८० १३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App