१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो २२३ रनको लक्ष्य

क्याप्शन

आयरल्यान्ड ए ले पहिलो टी(२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन बनायो।

आयरल्यान्डका पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए। ओपनर रस आदिर दोस्रो बलमै फर्स्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए।

चोटका कारण दुई वर्षपछि खेलमा फर्किएका कमलसिंह ऐरीको बलमा रस आदिर क्याच हुन पुगेका थिए। त्यसपछि दोस्रो विकेटका लागि पिटर मुर र केड कर्माइकले ८८ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए।

केड २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा सागर ढकालको बलमा एलबीडब्लू आउट भए। स्टेफन डोहेनी १६ बलमा ४ चौका र २ छक्कासहित ३४ रनमा आउट भए।

निल रक २३ बलमा १ चौका र ३ छक्कासहित ३८ तथा ग्यारेथ डेलानी १४ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाए। गेभिन होइले ६ बलमा २ छक्कासहित १८ रन जोडे।

नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले १र१ विकेट लिए।

प्रकाशित: १६ चैत्र २०८० १४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App