१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ।

हालसम्म एक खेलेको राजस्थान जित हात पार्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ भने समान एक खेल खेलेको दिल्ली पुछारबाट अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।

सन्जु सैमसनको कप्तानीमा रहेको राजस्थान आजको खेलमा जित हात पार्दै माथि उक्लिन चाहन्छ भने ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली पहिलो जितको खोजीमा रहनेछ। 

प्रकाशित: १५ चैत्र २०८० १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App