१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वर्षाका कारण नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द

नेपाल ए र आयरल्याण्ड ए बीच आज तय भएको खेल रद्द भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजेका लागि तय भएको टी-२० क्रिकेट खेल वर्षाका कारण रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।  

बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो।दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन्। क्यानले फेरी तालिका सार्ने जनाएको छ।  

टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ। नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ।

प्रकाशित: १५ चैत्र २०८० १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App