२५ माघ २०८२ आइतबार
image/svg+xml
खेल

नेपालले गुमायो दुई ओभर भित्रै तीन विकेट

त्रिवि क्रिकेट मैदानमा जारी आयरल्यान्ड वुल्भ्ससँगको खेलमा नेपालले दुई ओभर भित्रै तीन विकेट गुमाएको छ।

डिलानीले ओभरको दोस्रो बलमा आसिफ शेखलाई १६ रनमा एलबिडब्लु आउट गरे। त्यसपछि चौथो बलमा नेपाली कप्तान रोहित पौडेललाई शून्य रनमै विकेट किपर स्टेफन डोहनीबाट क्याच आउट गराए। ४.५ ओभरमा ५ रन बनाएर गुल्सन झा पनि आउट भए।

१२२ रनको लक्ष्य पछ्याएको नेपाल ६ ओभरको खेल चलिरहँदा ३८ रनमा खेलिरहेको छ।

प्रकाशित: १२ चैत्र २०८० १५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App