७ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

सरकारद्वारा एनसेल सम्मानित

सरकारले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि सम्मान गरको छ। जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले एनसेललाई सम्मानस्वरूप कदर पत्र प्रदान गरेका हुन्।

एनसेलले पूर्व सूचना प्रणाली सञ्चालनका लागि जल तथा मौसमजन्य विपद्को सूचना सम्प्रेषण गर्न पु¥याएको योगदानको मूल्यांकन गर्दै कदर पत्र प्रदान गरिएको हो।

कम्पनीले पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि एनसेलले जल तथा मौसम विभागसँगको सहकार्यमा बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गर्दै आएको छ।

एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर विशालमणि उपाध्यायले कम्पनीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धताअनुरूप सहकार्य गरिरहेको बताए।

प्रकाशित: ११ चैत्र २०८० ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App