५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

आयरल्यान्ड र भारतमा हुने मैत्रीपूर्ण खेलका लागि रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयरल्यान्ड वोलभ्स र भारतमा खेल्ने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरेको छ।

क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। 

टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, अनिल साह, गुलशन झा, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहरा र आकाश चन्द रहेका छन्।

नेपाल भ्रमणमा आउने आयरल्यान्डको टोलीसँग नेपाली टोलीले २ वटा टी ट्वान्टी खेल खेल्ने छ। २५ मार्च अर्थात् चैत १२ गतेबाट नेपाल र आयरल्यान्डबीचको खेल सुरु हुनेछ।

प्रकाशित: ७ चैत्र २०८० ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App