१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एन्फाबाट खोसियो दशरथ रंगशाला

अखिल नेपाल फुटबल संघ (एन्फा) को संरक्षणमा रहँदै आएको दशरथ रंगशाला खोसिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेलमैदान आफैंले संरक्षण गर्ने भएको हाे।

राखेप मातहत रहेको दशरथ रंगशालाको खेलमैदान विगत लामो समयदेखि एन्फाले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक कार्य नभएकाले अब उप्रान्त राखेप आफैंले संरक्षण गर्ने भएको हो।

पछिल्लो समय एन्फाले नै मैदानको संरक्षण गर्न नसक्दा नेपालले विश्वकप छनोटको दोस्रो चरणमा बहराइनसँगको ‘होम म्याच’ खेल्ने अवसर गुमाउनुपरेको थियो। त्यससँगै एन्फाको तीव्र आलोचनासमेत भइरहेको छ।

संरक्षण गर्ने प्रारम्भिक कार्य मंगलबारदेखि नै सुरु भएको राखेपले जनाएको छ। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरूको संरक्षण र संवर्द्धन राखेपले नै गर्ने भनी उल्लेख छ।

उक्त खेलमैदानको संरक्षण गर्न दैनिक आवश्यक पर्ने जनशक्तिको पनि  व्यवस्था गरिसकेको राखेपले जनाएको छ।

प्रकाशित: ६ चैत्र २०८० २१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App