१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकपबारे छलफल गर्न आइसिसी अध्यक्ष आज ४ बजे नेपाल आउँदै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले  सोमबार नेपाल आउँदै छन्।

उनी पूर्व निर्धारित कार्यक्रम अन्तर्गत आज दिउँसो ४ बजे त्रिभुवन विमानस्थलमा ओर्लिँदै छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी चार दिन नेपाल भ्रमणमा रहनेछन्।

क्यानका अनुसार बार्कले महिला क्रिकेट विश्वकप–२०२७ का लागि आवश्यक भौतिक संरचनाको तयारीबारे नेपाल सरकारसँग छलफल गर्न आउन लागेका हुन। नेपालले सन् २०२७ को १९ वर्ष मुनिका महिलाहरूको विश्वकपको सह–आयोजना दाबी गर्ने तयारी गरेको छ। उनले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीलाई भेट्ने कार्यक्रम छ।

साउथ अफ्रिकामा भएको आइसिसीको एजिएममा उनले नेपाल भ्रमण गर्ने जानकारी दिएका थिए। भारतमा आइतबार मात्र सम्पन्न वुमन्स् प्रिमियर लिग ९डब्लुपीएल०मा अतिथिका रूपमा भाग लिन आएका बार्कले त्यहीबाट नेपाल आउन लागेका हुन। नेपाल भ्रमण पछि उनी फेरी आइपिएलको उद्घाटन कार्यक्रममा सरिक हुन भारतनै जाने कार्यक्रम छ।

भारतमा सन् २०२३ अक्टोबरमा भएको विश्वकपका समयमा नेपाल आउने कार्यक्रम बनाएका बार्कलेले कार्य व्यस्तताका कारण भ्रमण रद्द गरेका थिए। क्यानका  यसअघिको कार्य समितिले उनलाई नेपाल ल्याउन पहल गरिरहेको थियो।

बार्कलेको भ्रमणलाई क्यानलगायत खेलकुद जगतले बढो उत्साहका साथ हेरेको छ। 

प्रकाशित: ५ चैत्र २०८० १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App