१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

वायुसेवा निगमको विजयी सुरुआत

नेपाल वायुसेवा निगम ‘ए’ र नेपाल बैंक लिमिटेडले आरबिबिएल–इशान कप तेस्रो फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा वायुसेवा निगम ‘ए’ ले नागरिक उड्डयन प्राधिकरणलाई १–० र नेपाल बैंक लिमिटेडले नेपाल विद्युत प्राधिकरण ‘ए’ लाई ५–२ ले हराएका हुन्।

 प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उपकार्यकारी प्रमुख देवेन्द्ररमन खनाल र आयोजक इशानका अध्यक्ष रामविनय श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरे। पहिलो दिन समूह चरणका २१ खेल सम्पन्न हुँदा १९ खेलका नतिजा निस्किए भने दुई खेल बराबरीमा टुंगिए।

सोल्टीमोडस्थित चैत्य फुटसलमा भइरहेका अन्य खेलमा एभरेस्ट बैंक लिमिटेडले नेपाल टेलिभिजन (एटिभी) लाई ३–०, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले एनएलजी इन्स्योरेन्सलाई ३–०, सिटिइभिटीले राष्ट्रिय वाणिज्य बैंकलाई २–०, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले जनक शिक्षा सामाग्री केन्द्रलाई ३–२, नेपाल आयल निगमले माछापुच्छ्रे बैंकलाई ४–३ ले हराए।

कृषि विकास बैंक लिमिटेडले वायुसेवा निगम ‘बी’ लाई ५–०, वायुसेवा निगम ‘ए’ ले नागरिक लगानी कोषलाई १–०, एनएलजीले एनटिभीलाई ७–३ र केयुकेएलले एभरेस्टलाई २–० ले पराजित गरे।

प्रतियोगिताको समूहचरणका अन्य खेलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सिटिइभिटीलाई २–०, राष्ट्रिय वाणिज्य बैंकले जनक शिक्षालाई १–०, आयल निगमले कृषि विकास बैंकलाई २–०, विद्युत् प्राधिकरण ‘बी’ ले माछापुच्छ्रेलाई २–१, नेपाल बैंकले नागरिक लगानी कोषलाई ३–०, एभरेस्टले एनएलजीलाई २–१, सिटिइभिटीले जनक शिक्षालाई ३–१ र विद्युत प्राधिकरण ‘बी’ ले कृषि विकास बैंकलाई २–१ ले हराए।

प्रकाशित: ४ चैत्र २०८० ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App