२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

यमबहादुरले दिए महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख

यमबहादुर गुरुङ (तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका छन्। साउदी अरेबियामा फागुन  १६ देखि सुरु भएको वाफ च्याम्पियनसिप फाइनल खेल हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट प्रभावित भई महिला टोलीलाई सो रकम प्रदान गरेका हुन्।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम पठाएका छन् । लामाले भनिन्, ‘तमुकी श्रीमती उमाको उपस्थितिमा केही दिनमा खेलाडीलाई सो रकम हस्तान्तरण गर्ने छौं।’ टोलीमा २३ खेलाडी सहभागी छन्।  

जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो।  निर्धारित समयमा फाइनल २–२ बराबरी भएको थियो। त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो।

१५ वर्षदेखि साउदी बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का तमुले ५ वर्षदेखि साउदीको रियादमा लालीगुरास नेपाली रेस्टुरेन्ट सन्चालन गर्छन्। प्रतियोगितामा महिला टोलीको प्रदर्शन स्तरीय थियो। हामी सबैले खेलाडीहरुको हौसला बढाउनु पर्दछ’, तमुले भने, ‘महिला खेलाडीलाई सहयोग गर्न पाउँदा म अत्यन्त खुसी छु।’

प्रकाशित: ३ चैत्र २०८० १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App