८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

बलिङ्गमा घातक भुर्तेल, दुई ओभरमा दुई विकेट

हिजोको खेलमा पपुवा न्यु गिनी(पिएनजी)विरुद्ध जबरजस्त प्रदर्शन गरेका नेपाली अलराउन्डर कुशल भुर्तेल आज भइरहेको फाइनलमा पनि बलिङमा चम्किएका छन्। पिएनजीविरुद्ध नै भइरहेको त्रिकोणीय टि–२० सिरिजको फाइनल खेलमा भुर्तेलले अहिलेसम्म दुई ओभरमा दुई विकेट लिइसकेका छन्।  

खेलको १२ ओभर बलिङमा आएका भुर्तेलले पिएनजीका हिला भारेलाई एलबिडब्लुको धरापमा पारेका थिए। त्यसपछि १४ औं ओभरमा बलिङमा फर्किएका भुर्तेलले अर्धशतकीय पारी खेलेका टोनी उरालाई ६१ रनमा आउट गरे।  

हङकङमा जारी त्रिकोणीय सिरिजअन्तर्गत हिजो सम्पन्न टि–२० क्रिकेटमा पिएनजीविरुद्ध भुर्तेलले ब्याटिङमा अर्धशतकीय पारी र बलिङमा चार विकेट लिएका थिए।

प्रकाशित: ३० फाल्गुन २०८० १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App