२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

वाहिनीपति कप उपाधि नेपाल नं ४ गण सुनसरीलाई

सशस्त्र प्रहरी बलको नेपाल नं ४ गण हेडक्वाटर सुनसरी उपाधि जितेर पुरस्कार तथा प्रमाणपत्र हात पारेपछि। तस्बिर : नागरिक

सशस्त्र प्रहरी बलको नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले तीन स्वर्ण र एक रजत पदक जितेको छ। सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मुख्यालय पकली सुनसरीद्वारा आयोजित वाहिनीपति कप प्रतियोगिता– २०८० मा सशस्त्र प्रहरी बल नेपाल नं ४ चारवटा पदक जितेर प्रथम भएको हो।

वाहिनीपति कपमा ६(६ स्वर्ण(रजत र २ कास्य गरी १४ वटा पदक वितरण गरिएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपाल नं ३७ रिजर्भ गण हेडक्वाटर पकली दोस्रो र सशस्त्र प्रहरी बल नेपाल नं ६ गण हेडक्वाटर त्रियुगा उदयपुर तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

संगठनको पेसागत गतिविधि चक्रअन्तर्गत वाहिनीपति कप प्रतियोगिता २०८० फागुन २२ देखि २५ सम्म चलेको थियो, जसमा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस गरी पाँचवटा खेल भएका थिए।

प्रकाशित: २६ फाल्गुन २०८० १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App