१८ माघ २०८२ आइतबार
image/svg+xml
खेल

तेक्वान्दोमा इमोनलाई स्वर्ण

कोटेश्वर तेक्वान्दो डोजाङका इमोन राणाले शुक्रबार प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्।

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा इमोनले ग्यरोगीतर्फ पुरुष ३८ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्। उनले फाइनलमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) का भिजन तामाङलाई हराए।

बाल गीताञ्जलीका प्रवीण श्रेष्ठ र कोटेश्वरका राकेश सुनार तेस्रो भए। योङ स्टार ग्रुप सहआयोजक रहेको प्रतियोगिताको पुरुष २२ केजीमुनि सिन्धुपाल्चोकका कुशल नेपालीले स्वर्ण जिते। पुरुषकै २५ केजीमुनि मध्यपुरका समुन्द्र गिरी, २८ केजीमुनि क्षेत्रपालका अभिनव बोहरा च्याम्पियन भए।

पुरुषको ३४ केजीमुनि तौलसमूहमा क्षेत्रपालकै निर्मल पाण्डेले स्वर्ण जिते। महिला २२ केजीमुनि तौलसमूहमा सुन्दरीमाईकी पुनम घिमिरे, २० केजीमुनि चन्द्रागिरीकी रेया बोहरा, २५ केजीमुनि कोटेश्वरकी हृदयानी बस्नेत र २८ केजीमुनि चन्द्रागिरीकी युकी तामाङ स्वर्ण पदक जित्न सफल भए।

एकल पुम्सेअन्तर्गत यु– १७ को पुरुषमा चन्द्रागिरीका सुजल कार्की र महिलामा चन्द्रागिरीकी सुबिना तामाङले स्वर्ण पदक जिते। यसै विधामा १७ वर्षमाथि पुरुषमा जगतबहादुरका सुदीप परियार र महिलामा कोटेश्वरकी सन्ध्या लामाले स्वर्ण पदक चुमे।

पदक विजेता खेलाडीलाई पूर्वसांसद सीता लामा, नवौं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी निर्मल श्रेष्ठ र नीराजन श्रेष्ठ, उर्जा मन्त्रालयका उपसचिव रामगोपाल लगेजुलगायतले पुरस्कृत गरेका थिए।

आयोजकका अनुसार प्रतियोगितामा ६ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: २६ फाल्गुन २०८० ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App