२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टि-२० सिरिज फाइनलः पावर प्लेमा नेपाल आक्रामक

आज त्रिवि क्रिकेट मैदानमा त्रिकोणीय टि-२० सिरिजको फाइनल खेल नेपाल र नेदरल्यान्ड्सबीच भइरहेको छ। जारी खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका थिए।

त्यसपछि सुरु भएको खेलमा पहिलो पावरप्ले (०-६ ओभर) को खेल सकिएको छ। जसमा नेपाली ब्याटरहरूले आक्रामक सुरुवात गरेका छन्। पहिले आक्रामक सुरुवात दिलाएका ओपनर ब्याटर कुशल भुर्तेल १० रनमा २० रन जोडेर आउट हुन पुगे। त्यसपछि अर्का ब्याटर आशिफ शेखले गियर चेन्ज गर्दै आक्रामक इनिङ खेलिरहेका छन्। जसमा २२ बल खेल्दै उनले ३० रन जोडेका छन्।  

पावरप्ले सकिदा नेपालको स्कोर एक विकेटको क्षतिमा ५५ रन थियो। ८ ओभरको खेल सकिँदा नेपालले ७६  रन जोडेको छ।

प्रकाशित: २२ फाल्गुन २०८० १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App