११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

टी-२० त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ।

आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएको हो।

आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेल पहिलो इनिङ्ग्सको १५ ओभर सकिदा वर्षाले रद्द भयो।

पहिले ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९८ रन जोड्दा खेल वर्षाले रोकिएको थियो।  

त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन्। ४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रह्यो। नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा छ। नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बनेको छ। ।

प्रकाशित: २० फाल्गुन २०८० १४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App