१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

हङकङमा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

नेपालले हङकङमा खेल्ने त्रिकोणात्मक टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

मार्च ९ तारिख अर्थात् २६ फागुनबाट सुरु हुने खेलका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।  

टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दिप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरा रहेका छन्।

नेपाल, पपुवान्यूगिनी र हङकङबीच खेल हुनेछ।

प्रकाशित: २० फाल्गुन २०८० ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App