२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० आई सिरिज: आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै

जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदैछ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल बिहान ११ः ३० बजे सुरु हुनेछ।

आजको खेलमा नेदरल्यान्ड्स जित हात पार्दै आफ्नो शिर्षता कायमै राख्न चाहन्छ भने अङ्क तालिकाको पुछारमा रहेको नामिबिया जित निकाल्दै फाइनल पुग्ने प्रयासमा रहने छ।

आजको खेल दर्शकहरूले निःशुल्क हेर्न पाउने क्यानले जनाएको छ।

नेपाल भने शनिवारको खेलमा विजयी भएसँगै फाइनल पुगिसकेको छ।

सिरिजको फाइनल पर्सि हुनेछ।

प्रकाशित: २० फाल्गुन २०८० ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App