३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

वाफ वुमेन्स च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बनिन् सावित्रा

नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ वाफ वुमेन्स च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन्।

साउदी अरबमा सम्पन्न आठौँ संस्करणको वाफ वुमेन्स च्याम्पियनसिपमा साम्बाले सबैभन्दा धेरै ९ गोल गरेपछि उनलाई सर्वाधिक गोलकर्ताको अवार्ड प्रदान गरिएको हो।

फाइनलमा सहभागीता नजनाए पनि साम्बाको प्रदर्शन उत्कृष्ट रह्यो।

पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिपमा सहभागीता जनाएको नेपाल फाइनलमा जोर्डनसँग ५–३ ले पराजित हुँदै उपविजेता बनेको छ।

प्रकाशित: १८ फाल्गुन २०८० ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App