३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

किन अधुरो रह्यो स्ट्राइकर ‘साम्बा’को वाफ च्याम्पियनसिप फाइनल खेल्ने सपना ?

फाइल तस्बिर

नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलबाट वञ्चित हुने भएकी छिन्।

वाफ महिला च्याम्पियनसिप फिफाको विन्डो भित्र नपर्ने हुनाले उनी फाइनल खेल खेल्न नपाउने भएकी हुन। सावित्रा जोर्डनविरुद्धको फाइनल खेल छाडेर आफू आबद्ध क्लब एना भानमा गुइनगाम्पमा फर्किनु पर्ने भएको छ।

‘फिफाको नियमले गर्दा उनी फाइनल खेल खेल्न नपाउने भएकी हुन’, एन्फा स्रोतले भन्यो। अखिल नेपाल फुटबल संघ एन्फाले पनि सावित्राले वाफ च्याम्पियन सिपको फाइनल गुमाउने आधिकारिक जानकारी दिइसकेको छ।

आबद्ध क्लब र सावित्राबीचको सम्झौतामा भने फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने सहमति छ। तर फिफाको नियमले गर्दा उनी फाइनल खेल्नबाट वञ्चित हुन लागेकी हुन।

नेपालले जोर्डनविरुद्धको वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल फागुन १७ गते राती खेल्दै छ। यो खेलमा उनी हुने छैनन्। तर यो प्रतियोगिताका यस अघिका ४ खेलामा सावित्राले ९ गोल गरेकी छिन्। 

प्रकाशित: १६ फाल्गुन २०८० १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App