७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

त्रिदेशिय टी–२० श्रृङ्खलाः यस्तो छ नेपालको प्लेइङ्ग-११

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत नेपालले अहिले नामिबियासँग खेल्दै छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नामिबियाले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गर्दै नेपाललाई फिल्डिङ्गका लागि निम्तो दिएको हो।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप खेल हुन लागेको क्यानले जनाएको छ।

त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्ने छन्।

आजको खेलमा नेपालको प्लेइङ्ग ११ मा कप्तान रोहित कुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी रहेका छन्।

यसअघि तीन देशबीच भएको एकदिवसीय सिरिजमा नेपालको राम्रो प्रदर्शन देखिएन। नामिबियासँगको दुबै खेलमा पराजित भएको नेपाल टी–२० सिरिजमा आफ्नो हारको बदला लिन चाहन्छ।

प्रकाशित: १५ फाल्गुन २०८० ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App