२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

काष्ठमण्डप र नामीलाई उपाधि

आयोजक काष्ठमण्डप र नामीले सोमबार सातौं काष्ठमण्डप अन्तर ‘ए’ लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

काष्ठमण्डप ब्वाइज तथा नामी गल्र्समा च्याम्पियन बने। मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा काष्ठमण्डपले ओरियन्टलाई १३–९ ले पराजित गर्‍यो।

काष्ठमण्डपका अन्सुल गोपालीले ११ तथा चिराग हमालले २ अंक जोडे। गर्ल्सको उपाधि भिडन्तमा नामीले बुढानीलकण्ठलाई २२–१ ले सहजै हरायो। नामीका गुरुत्सो लामाले ११, छिरिङ शेर्पाले ८ र सुवेक्षा लामाले ३ स्कोर गरे।

प्रतियोगिताको ब्वाइजमा काष्ठमण्डपका अन्सुल तथा गल्र्समा नामीकी गुरुत्सो ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक इला पिया र ए लेभल को–ओर्डिनेटर यादव थपलियाले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुई प्रतियोगिताको ब्वाइजमा ८ तथा गल्र्समा ४ टिम सहभागी थिए। गल्र्सको प्रतिस्पर्धा पहिलो पटक राखिएको काष्ठमण्डपका इसिए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन्।

प्रकाशित: १५ फाल्गुन २०८० ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App