१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपालले नेदरल्यान्डलाई दियो १७३ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले नेदरल्यान्डलाई १७३ रनको लक्ष्य दिएको छ।

त्रिवि मैदान कीर्तिपुरमा नेदरल्यान्डसले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको थियो। निर्धारित ५० ओभरमा खेलमा नेपालले ४९.३ ओभर खर्चेर १० विकेटको क्षतिमा १७२ रन बनाएको हो।

आजको खेलमा हालसम्म समान १–१ खेलमा जित हात पारेका नेपाल र नेदरल्यान्डसबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

नेदरल्यान्डस यसअघि नेपालसँगको खेलमा पराजित भएको थियो। त्यस कारण आजको खेलमा जित निकाल्दै नेदरल्यान्डस आफ्नो पराजयको बदला लिन चाहन्छ।

हालसम्म नामिबिया २ खेलमा जित हात पारेर शीर्ष स्थानमा रहेको छ भने नेपाल रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ। नेदरल्यान्डस भने अङ्क तालिकाको पुछारमा रहेको छ।

प्रकाशित: १३ फाल्गुन २०८० १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App