१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेदरल्यान्ड्स र नामिबिया आमनेसामने

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा हुने आजको खेल अहिले बिहान ९ः३० बजे सुरु हुनेछ।

आजको खेलमा नेदरल्यान्ड्समाथि जित हात पार्दै नामिबिया आफ्नो हारको बदला लिने लक्ष्यसहित मैदान उत्रने छ भने नेदरल्यान्ड्स पनि आजको खेलमा जित्दै आफ्नो स्थान कायम राख्न चाहन्छ। यसअघिको खेलमा नामिबिया नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएको थियो।

हालसम्म प्रतियोगितामा नेपालले १ मा जित १ मा पराजित, नामिबियाले २ मा जित र १ मा पराजित भएको छ भने नेदरल्यान्ड्सले पनि १ मा जित र १ मा पराजित भएको छ।    

प्रकाशित: ११ फाल्गुन २०८० ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App