१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आर्चरी टोली बग्दाद प्रस्थान

नेपालका तीन महिला खेलाडीले इराकको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज– वानमा भाग लिने भएका छन्।

प्रतियोगिता मंगलबारदेखि छ दिनसम्म हुने छ र यो विश्व वरीयताको प्रतियोगिता रहेको छ। सहभागी हुने खेलाडीमा अनुष्का शेरचन, गंगा तुम्बापो र तुल्सी थापा छन्।

टिम प्रशिक्षकको भूमिकामा दीपकराज गुरुङ रहेका छन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच आइतबार टोलीकोे बिदाइ गरे।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरे। पेरिस ओलम्पिक्सका लागि जुलाइमा आर्चरीको छनोट हुने छ र त्यसअगाडि यो प्रतियोगिता त्यसको तयारीमा रूपमा रहने छ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सदस्य तथा नेपाल आर्चरी संघका महासचिव रमेश शिवाकोटी र संघका सचिव योगेन्द्र शेरचनको पनि उपस्थिति थियो।

प्रकाशित: ७ फाल्गुन २०८० ०८:२४ सोमबार

आर्चरीको एसिया कप २०२४ स्टेज–वान इराकको बगदाद