३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

भोलीबाट यसरी हुँदैछ विश्वकप लिग–२

बिहीबारदेखि आइसिसी विश्वकप लिग–२ सुरु हुँदैछ। यसअघि क्यानडासँगको तीन खेलको शृंखला क्लिनस्विप गरेको नेपालले लगत्तै लिग–२ को तीन वर्षे साइकल सुरु गर्दै छ।

क्यानडा यही साइकलको नवप्रवेशी राष्ट्र हो। यससँगका पछिल्ला ३ वटै मैत्रीपूर्ण खेल नेपालले आफ्नो पक्षमा पार्न सफल रह्यो।

नेपाल र क्यानडाले आइसिसी विश्वकप लिग–२ (२०२३–०२७) को यात्राको तयारीका लागि एक अर्कालाई योग्य टोली ठानेका थिए। किनकि यही माध्यमबाट नेपालले गत वर्ष जिम्बाब्वेमा विश्वकप छनोट खेलेको हो।

गत संस्करणको लिग–२ मा पछिल्ला १२ खेलमा अविजित रहँदै नेपाल तेस्रो बन्यो र विश्वकप छनोट खेल्यो।

त्यसैले पनि नेपालका पूर्वप्रशिक्षक तथा क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले तयारीका लागि नेपाल रोजेका हुन।

पछिल्लो समय उत्कृष्ट नतिजा दिएको क्यानडा पनि नेपालका लागि योग्य बन्यो। क्यानडाले गत विश्वकप छनोटको प्लेअफमा चौथो स्थानमा रहँदै आइसिसी विश्वकप लिग–२ (२०२३–०२७) मा स्थान बनाएको हो।

यस क्रममा क्यानडाले अमेरिका र पपुवा न्युगिनीजस्ता बलिया टोलविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो। यस पटक लिग–२ को साइकलमा नवप्रवेशी क्यानडा र नामिबियासहित कुल आठ राष्ट्र छन्।

यीमध्ये बिहीबार (भोली) नेपालले नामिबियासँग नै यो साइकलको सुरुआत गर्दै छ। नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग त्रिदेशीय शृंखला सुरु गर्दै छ।

विश्वकप लिग–२ मा नेपालसहित ८ वटा देश परेका छन्। नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, युएई, क्यानडा र अमेरिका लिग–२ मा छन्। यीमध्ये नेपाल, नेदरल्यान्ड्स र नामिबियाको पहिलो श्रृंखला बिहीबारबाट सुरु हुन लागेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का ८ टिमले प्रतिस्पर्धा गर्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्वकप छनोट खेल खेल्न पाउनेछन्। 

यी टोलीबीच २४ वटा त्रिकोणात्मक एक दिवसीय श्रृंखला हुनेछन्। एउटा टोलीले प्रत्येकसँग २/२ वटा खेल खेल्ने छन्। लिग–२ मा मात्र कुल १४४ वटा खेल हुने आइसिसीले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०८० १८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App