१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एसीसी वुमन्स प्रिमियर कप: नेपाल र माल्दिभ्स भिड्दै

एसीसी वुमन्स प्रिमियर कपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ। मलेसियामा जारी खेल नेपाली समय अनुसार आज बिहान ११ः १५ बजे सुरु हुनेछ।

समूह ‘डी’ मा रहेको नेपाल २ खेलमा ४ अङ्कका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ। तर, आजको खेलमा जित निकाल्दै अपराजित रहँदै नेपाल आफ्नो क्वाटरफाइनल खेल्ने लक्ष्यसहित मैदान उत्रने छ।

सुरुआती दुवै हारका साथ माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ।

नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङलाई समान ८ विकेटले हराएको थियो।

प्रकाशित: १ फाल्गुन २०८० ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App