२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

क्यानडाविरुद्ध नेपालको राम्रो सुरुआत, ३ ओभरमा ३३ रन

क्यानडाविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले ब्याटिङ्ग सुरु गरेको छ।

२३३ रनको लक्ष्य पाएको नेपालले राम्रो सुरुआत गरेको छ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २३२ रन बनायो। २३३ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले हालसम्म ३ ओभर खेल्दा विना कुनै विकेटको क्षतिमा ३३ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि हाल मैदानमा ओपनर ब्याट्सम्यान अनिल साह १८ र कुशल भुर्तेल ८ रन बनाएर ब्याटिङ्ग गरिरहेका छन्।

यसअघि नै सिरिज जितिसकेको नेपालले आजको खेलमा जित निकाल्दै क्लिन स्विप गर्न चाहन्छ।  

प्रकाशित: २९ माघ २०८० १३:४३ सोमबार

क्यानडा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला ब्याटिङ्ग त्रिवि क्रिकेट मैदान किर्तिपुर