२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

२५ ओभर सकिँदा ३ विकेट गुमाएर शतक नजिक क्यानडा

नेपाल र क्यानडा बिच जारी दुईपक्षिय अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला अन्तर्गत आज तेस्रो तथा अन्तिम खेल भइरहेको छ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ रोजेका छन्।

त्यसपछि क्यानडाको इनिङको २५ ओभर सकिएको छ। जसमा नेपाल ९५ रन खर्चिएर ३ विकेट हात पारेको छ।  

हालसम्म क्यानडाका तर्फबाट ओपनर आरोन जोनसन (४ रन), श्रीमन्थ विजयरत्ने (२२ रन) र निकालस किर्तोन (३ रन) को विकेट नेपालले प्राप्त गरेको छ।

जसमा नेपाली बलर हेमन्त रेग्मी, कुशल मल्ल र आकाश चन्दले एक÷एक विकेट प्राप्त गरेका छन्।

क्यानडाका अर्का ओपनर नवनीत धलिवालले ४७ रन बनाएर खेलिरहेका छन् भने हर्ष ठाकरले १२ रन बनाएर मैदानमा छन्।

प्रकाशित: २९ माघ २०८० ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App