७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

प्रिमियर कप क्रिकेट : नेपालको दोस्रो जित

फाइल तस्बिर

एसिसी महिला प्रिमियर कप क्रिकेट– २०२४ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।

पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको थियो। यस जितसँगै नेपालको २ खेलमा ४ अङ्क भएको छ। भुटानले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो।

नेपालका लागि सीता रानामगरले अविजित ३२ रन बनाइन्। त्यस्तै रुविना क्षेत्रीले १७ रन बनाइन्। तेस्रो विकेटका लागि सीता र रुबिनाले अविजित ४८ रनको साझेदारी गरेका थिए।

कविता कुँवरले पाँच रन बनाइन् भने इन्दु बर्मा १ रनमा आउट भइन्। भुटानका लागि अन्जु गुरुङ र अन्जुली घलेले समान एक÷एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ६५ रनको योगफल बनाएको थियोे। भुटानका लागि नवाङ छोडेनले सर्वाधिक २५ रन जोडिन् भने कप्तान डिचेन वाङ्मोले १७ रन बनाइन्। त्यस्तै, छिङी जाङमोले १६ रन बनाइन्।

नेपालका लागि कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले समान एक÷एक विकेट लिए। नेपालले समूह चरणको अन्तिम खेल आगामी फागुन १ गते माल्दिभ्सको सामना गर्ने छ। –रासस

प्रकाशित: २८ माघ २०८० १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App