स्किब्स र बसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले शनिबार प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा जित हात पारेका छन्।
सामाखुसीस्थित आयोजक सेबको कोर्टमा स्किब्सले पिपुल्स एकेडेमीलाई १५–१० ले पराजित गर्यो। स्किब्सको जितमा राहुल रानामगरले सात अंक योगदान गरे। सुशान्त मगरको १० अंक सहयोगमा बिएनएले आयोजक सेबलाई २७–२० ले हरायो।
अन्य खेलमा इबिएले सेबलाई ४१–३८, भ्याली पब्लिकले श्री सत्य साइलाई १६–१४ र जीवन ज्योतिले भ्याली पब्लिकलाई १३–९ ले पाखा लगाए। इबिएका आदित्यले २३, भ्याली पब्लिकका आलोकले ४ र जीवन ज्योतिका अनमोलले ४ स्कोर गरे।
प्रकाशित: २८ माघ २०८० १२:३७ आइतबार





