२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल-क्यानडा एकदिवसीय सिरिजः आकाशले दिलाए नेपाललाई पहिलो विकेट

अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत जारी आजको खेलमा नेपालले पहिलो विकेट प्राप्त गरेको छ। आजकै खेलमा डेब्यू गरेका नेपाली पेस बलर आकाश चन्दले नेपाललाई पहिलो सफलता दिएका छन्।

उत्कृष्ट सुरुवात गरेको क्यानडेली टोलीलाई १९ ओभरको दोस्रो बलमा आकाशले पहिलो झड्का दिएका हुन्। उनले ६० बलमा ४६ रन बनाएर खेलिरहेका क्यानडेली ओपनर नवनीत धनिवाललाई विकेट किपर आशिफ शेखबाट क्याच आउट गराएका छन्।

जारी खेलमा अहिले १९ ओभर सकिदा क्यानडा एक विकेट गुमाएर १०० रनको अवस्थामा छ।

प्रकाशित: २७ माघ २०८० ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App