७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी

फाइल तस्बिर

कालिकोटमा माघ २६ देखि हुने कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। पहिलोपटक कालिकोटमा हुन लागेको प्रदेशकै ठुलो पुरुष युगल ब्याडमिन्टन प्रतियोगिताको तयारी धमाधम भइरहेको आयोजक जिल्ला ब्याडमिन्टन संघ कालिकोटका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिए।

जिल्ला सदरमुकाम मान्मको कबडहलमा माघ २६ देखि हुने प्रतियोगिताको उद्घाटनमा सासंद महेन्द्रबहादुर शाही, ब्याडमिन्टनका प्रदेश अध्यक्ष टंकबहादुर शाही, खेलकुदका जिल्ला अध्यक्ष गणेशबहादुर शाही प्रत्येक पालिकाका जनप्रतिनिधिको सहभागितामा कार्यक्रम हुने भएको छ।

प्रथम विजेताले ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छन्। त्यस्तै उपविजेताले ३० हजार १ सय ११ र सेमिफाइनलसम्म पुग्ने दुई जोडीले १५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने आयोजक संघले जनाएको छ।

ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्रबहादुर शाही विजयीलाई नगदका साथै मेडलको पनि व्यवस्था गरिएको जानकारी दिए। ‘जिल्लामा नियमित ब्याडमिन्टन प्रतियोगिता हुने गरे पनि यति ठुलो पुरस्कार राशिको प्रतियोगिता पहिलोपटक हुन लागेको हो आमि अन्तिम तयारीमा छौं।’ अध्यक्ष शाहीले भने।

प्रतियोगिताले ब्याडमिन्टन खेलाडी उत्पादनमा सघाउ पुग्ने आयोजक संघले विश्वास लिएको छ। संघले कालिकोटबाट केन्द्रसम्म प्रतिस्पर्धा गराउने र ब्याडमिन्टनलाई निरन्तरता दिने उद्देश्य लिएको छ।

प्रतियोगितामा कर्णालीका सबै जिल्लाबाट खेलाडीले टिम दर्ता गरी सहभागी हुन पाउने आयोजक संघले बताएको छ। कर्णाली प्रदेशका कालिकोट, जुम्ला, जाजरकोट, दैलेख, सल्यान, सुर्खेतलगायतका जिल्लाबाट खेलाडी सहभागी हुने बताइएको छ।

टिम दर्ता शुल्क दुई हजार पाँच सय राखिएको जिल्ला ब्याडमिन्टन संघका सचिव विनोद शाहीले जानकारी दिए। उनका अनुसार प्रतियोगिता माघ २६ गते ११ बजेबाट सुरु हुने छ। अहिलेसम्म धेरै ठाउँबाट टिम दर्ताका लागि सम्पर्क भइरहेको उनको भनाइ छ।

प्रकाशित: २५ माघ २०८० ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App