१ पुस २०८१ सोमबार
image/svg+xml
खेल

प्रथम अक्षरा कप बास्केटबल: बिहीबार फाइनल खेल हुने

काँडाघारीस्थित अक्षरा स्कुलको खेलमैदानमा भइरहेको प्रथम अक्षरा कप बास्केटबल प्रतियोगिताको फाइनल खेल बिहीबार हुने भएको छ। 

सहिद दिवसको अवसर पारी माघ १६ गतेदेखि सुरु प्रतियोगिताको तीनै विधामा भ्याली पब्लिक स्कुलले फाइनलमा स्थान बनाएको छ। भ्याली पब्लिक सिनियर ब्वाइज र गल्र्स तथा मिक्स जुनियरमा फाइनलमा पुग्न सफल भएको हो।

अक्षरा स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा भ्याली पब्लिकले गेटवे एकेडेमीलाई ६३–५८ ले पराजित गर्दै अक्षरिकासँग फाइनलमा भेट पक्का गरेको छ। 

भ्याली पब्लिकका अनिमेश अधिकारीले ११ अंक  जोडे। अक्षरिकाले शिक्षालय नेपाललाई ५३–२८ ले हरायो। अक्षरिकाका आयुष कार्कीले ११ स्कोर जोडे।

सिनियर गल्र्समा भ्याली पब्लिकले बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) लाई ३६–१० ले हरायो। भ्याली पब्लिककी लोरिशा गौचनले २४ स्कोर गरिन्। 

उपाधिका लागि भ्याली पब्लिकले नेमोनिकविरुद्ध खेल्ने आयोजक अक्षरा स्कुलका खेल शिक्षक किरण कटुवालले बताए।

उनका अनुसार अर्को सेमिफाइनलमा नेमोनिकले शिक्षालय नेपाललाई ४४–२ ले पराजित गरेको छ। नेमोनिककी खुसी तामाङले ८ अंक जोडिन्। 

फाइनल खेलमा भ्याली पब्लिकले आलोक विद्याश्रमको सामना गर्ने भएको छ। आलोक विद्याश्रमले विद्या विकासलाई १९–१३ ले पराजित गर्दै फाइनलमा स्थान ओगटेको छ। आलोक विद्याश्रमकी रिया कार्कीले १० अंक जोडिन्। बुधबार तेस्रो स्थानका लागि खेल हुने अक्षराका खेल शिक्षक कटुवालले जानकारी दिए।

प्रकाशित: २३ माघ २०८० २१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App