यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली आज बिहान स्वदेश फर्केको छ।
दक्षिण अफ्रिकामा भएको खेलमा समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो। त्यसपछिका दुई वटै खेलमा हार व्यहोरेको थियो। नेपाल बङ्गलादेश र भारतसँग पराजित भएको थियो।
खेलाडीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका छन्। नेपाली टोलीले सुपर सिक्समा भने भारत र बङ्गलादेशसँग भएका दुवै खेलमा पराजित भएको थियो।
प्रकाशित: २२ माघ २०८० १२:३३ सोमबार