२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पर्यटन प्रवर्द्धनका लागि ‘ट्रेल म्याराथन’ घोषणा

सोलुखुम्बुमा सर्वाधिक राशिकोे ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ घोषणा गरिएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा तीन लाख पुरस्कार राशि रहेको ट्रेल म्याराथनको घोषणा गरिएको हो। उक्त पुरस्कार राशि ट्रेल म्याराथनको इतिहासमा नेपालकै ठूलो पुरस्कार राशि मानिएको छ।

मुन स्टार क्लबको वार्षिकोत्सवको अवसरमा आगामी अक्टोबर २१ तारिखमा आयोजना गरिने ट्रेल म्याराथन करिब ४३ किलोमिटर दूरीको हुनेछ। सोलुखुम्बुको तल्लो क्षेत्रमा खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय ट्रेल म्याराथनको आयोजना गरिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक चन्द्रबहादुर राईले जानकारी दिए।

सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीदेखि सुरु हुने म्याराथन माप्य दुधकोसी गाउँपालिका २ बासाखाली माध्यमिक विद्यालय (खालीडाँडा) मा पुगेर विविध सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसहित समापन गरिने क्लबका अध्यक्ष भुवनसिं राईले जानकारी दिए।

१६ वर्ष माथिका स्वदेशी तथा विदेशी महिला/पुरुष सहभागी बन्न सक्ने ट्रेल म्याराथनका शीर्ष तीन विजेतालाई क्रमशः ३ लाख, २ लाख र एक लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना ५/५ जना धावकलाई ५/५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ। महिला र पुरुषतर्फको प्रतिस्पर्धा विजेतालाई समान पुरस्कारको व्यवस्था मिलाइएको छ।

प्रकाशित: १९ माघ २०८० ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App