१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

आइसीसी यू–१९ विश्वकपः यस्तो छ नेपालको प्लेइङ्ग ११, अर्जुन र विपिन मैदानमा

आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग सुरु गरेको छ।

दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा सुरु भएको खेलमा नेपालले बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ्ग गरिरहेको छ।

देव खनालको कप्तानीमा रहेको नेपाली टिममा आज विपिन रावल, दिपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेश कँडेल, सुवास भण्डारी, विशाल विक्रम केसी, दुर्गेश गुप्ता र आकाश चन्द रहेका छन्।  

केहिबेर अघि सुरु भएको खेलमा नेपालले २ ओभर खेल्दै शून्य विकेटमा १३ रन बनाएको छ। नेपालका लागि अहिले मैदानमा विपिन रावल २ र अर्जुन कुमाल ८ रन बनाएर ब्याटिङ्ग गरिरहेका छन्।

प्रकाशित: १७ माघ २०८० ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App