७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

इलाम गोल्ड कप:पाँचथरसँग लुम्बिनी स्तब्ध

इलाम गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।आज (मंगलबार)को अन्तिम क्वार्टर फाइनलमा पाँचथर फुटबल क्लबले बुटबलको लुम्बिनी फुटबल क्लबलाई पराजित गरेसँगै अन्तिम चारको टुंगो लागेको हो।

आजको खेलमा पाँचथरले टाई ब्रेकरमा लुम्बिनीलाई ३ का विरुद्ध ४ गोलले पराजित गरेको हो। खेलको चौथो मिनेटमा पाँचथरका रोशन लिम्बूले गोल गरी टिमलाई अग्रता दिलाए। ३५औं मिनेटमा बुटवलका विदेशी खेलाडीले पाँचथरविरुद्ध गोल गरेपछि खेल बराबरीमा आयो। 

पाँचथरका खेलाडीले ३८औं मिनेटमा अर्को गोल थपेपछि पहिलो हाफमा पाँचथर २–१ गोलअन्तरले अघि रह्यो।दोस्रो हाफमा बुटवलका माटिन्सले फ्रिकिकबाट गोल गरे। निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो। 

आजको खेलको म्यान अफ दि म्याच पाँचथरका रोशन लिम्बू भए।विजेता पाँचथरले झापा युनाइटेडसँग माघ ११ मा सेमिफाइनल खेल्नेछ।आयोजक रेडहर्स फुटबल क्लब र एनआरटीको सेमिफाइनल भिडन्त भोलि हुनेछ।१३ गते हुने फाइनलको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: ९ माघ २०८० १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App