७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच मैत्रीपूर्ण फुटबल सम्पन्न

२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा आज माघ ४ गते ३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागितामा संचालन भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्य टिम क्याप्टेन रहेका थिए।

प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टीमबीच गोलरहित बराबरीमा खेल सम्पन्न भएको थियो।

महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्यले नेपाल प्रहरीको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुकासाथै महानिरीक्षक अर्यालले खेलमा सहभागिखेलाडीहरु, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए ।

खेलकुद प्रतियोगितामा प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, सशस्त्रप्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल, प्रहरी नायव महानिरीक्षक केदार ढकाल लगायत नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत,अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो।

प्रकाशित: ४ माघ २०८० ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App