२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

अफगानिस्तानविरुद्धको टी-२० सिरिजमाथि भारतको कब्जा

भारतले अफगानिस्तानविरुद्धको तीन म्याचको टी ट्वान्टी श्रीङ्खला क्लिन स्वीप गरेको छ। बुधवार भारतको बैङ्गलुरुमा भएको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा भारतले सुपर ओभरमा अफगानिस्तानलाई १० रनले पराजित गर्दै श्रीङ्खला ३–० ले जितेको हो।

टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभर खेल्दै २१२ रन बनायो। २१३ रनको लक्ष्यसहित मैदान उत्रेको अफगानिस्तानले २१२ रन बनायो र खेल टाई भयो।

त्यसपछि खेल सुपर ओभरमा गयो। सुपर ओभरको पहिलो खेलमा अफगानिस्तानले १६ रन बनायो र भारतलाई जितका लागि १७ रनको लक्ष्य दियो। तर, भारतले पनि १६ रन नै बनाउन सक्यो र खेल फेरि अर्को सुपर ओभरमा गयो।

दोस्रो सुपर ओभरको खेलमा भारतले अफगानिस्तानलाई १२ रनको लक्ष्य दियो। तर, रवि बिश्नोईको दमदार बलिङ्गले अफगानिस्तानका ब्याट्सम्यानलाई रन बनाउने मौका नै दिएन। र, भारतले भारतले अफगानिस्तानलाई १० रनले हराउँदै सिरिजमाथि कब्जा गर्‍यो।

अफगानिस्ताविरुद्धको खेलमा भारतका कप्तान रोहित शर्माले टी २० म्याचमा सबैधेरै शतक बनाउने विश्व खेलाडीको सूचीमा पहिलो स्थानमा आफ्नो नाम दर्ता गराएका छन्।

आइसीसीका अनुसार रोहितले टी २० म्याचमा ५ शतक बनाएका छन् भने भारतकै सूर्यकुमार यादवले ४, अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४, पाकिस्तानका बाबर आजमले ३ शतक बनाएका छन्।

प्रकाशित: ४ माघ २०८० ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App