२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जावलाखेलमा महेन्द्र सर्वसम्मत

सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथको अध्यक्षमा महेन्द्र क्षेत्री सर्वसम्मत चुनिएका छन्।

जावलाखेलमा सम्पन्न साधारणसभा तथा कार्यकारी समितिको निर्वाचनबाट क्षेत्री दोस्रो कार्यकालका लागि नेतृत्वमा चयन भएका हुन्। अघिल्लो कार्यकालमा ठूलोभाइ केसीलाई हराउँदै निर्वाचित क्षेत्री यसपटक भने निर्विरोध रहे।

उनी हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यसमेत हुन्। क्लबको उपाध्यक्षमा राजु बोगटी, उज्ज्वल कर्माचार्य र महेशचन्द्र महत चयन भए।  

महासचिवमा कविर बस्नेत, सचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा विष्णुराज खड्का पनि सर्वसम्मत भए। आगामी कार्यकालका लागि क्लबको सात सदस्यमा प्रदीप तण्डुकार, विकास कार्की, रवि खड्का, सानुभाइ थापा क्षेत्री, नीरज खड्का, दीपक थापा र सुनील केसी चयन भएका छन्।  

प्रकाशित: ४ माघ २०८० ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App