१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट: मधेशले कोसीलाई हरायो

तस्बिर :नेपाल क्रिकेट संघ क्यान

मूलपानी क्रिकेट मैदानमा अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ प्रेरणामा मधेशले कोसी प्रदेशमाथि सात विकेटको जित निकाल्दै सुखद सुरुआत गरेको छ । एक सय २८ रनको सामान्य लक्ष्य मधेशले २०.१ ओभरमा मात्र तीन विकेट गुमाउँदै एक सय ७९ बल अगावै पूरा ग¥यो । विकेटकिपर तथा ओपनर अनिलकुमारले ५४ बलमा ८८ रन जोड्दै मधेशलाई जित दिलाए । उनको इनिङमा १४ चौका र तीन छक्का रह्यो । कप्तान तथा ओपनर हरिशंकर साहले चार चौकासहित २४ रन जोडे ।

यी दुई बीच ९३ रनको साझेदारी नै मधेशको जितका लागि पर्याप्त भयो । कोसीका सोनु मण्डलले दुई र सुजन थपालियाले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोसी ४१ ओभरमा एक सय २७ रनमा अलआउट भयो । कोसीका ओपनर तथा कप्तान अंकित सुवेदीले ५० बलमा सात चौकासहित ४० रन जोडे । फिर्दोस अन्सारीले ४१ रन बनाए । अन्सारीले ७१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यी दुईबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मधेशका प्रदीप पासवानले सात ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १५ रन मात्र खर्चिए । पवन सर्राफ, राजेश यादव र रन्जीत कुमारले समान २ विकेट लिए। विशाल पटेलको नाममा एक विकेट रह्यो। कुल १० टोलीले प्रतिस्पर्धामा गरेको प्रतियोगिता राउन्ड रोविनको आधारमा भइरहेको छ। शीर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थान सम्मका टोलीले भने इलिट ट्रफी खेल्न पाउँछन्। 

प्रकाशित: २८ पुस २०८० ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App