१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र रशिला उपाधी नजिक

एपिएफका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी नजिक पुगेका छन्।

आज शुक्रबार सम्पन्न खेलमा प्रिन्सले एपिएफका देवराज रानालाई २१–१०, २१–१२ ले पराजित गर्दै उपाधीका लागि आर्मीका प्रफुल महर्जन संगको भेट पक्का गरेका हुन्। प्रफुलले पुलिस क्लबका बिष्णु कटुवाललाई २१–१५, २१–१२ ले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन्।

यस्तै महिला तर्फको खेलमा आर्मीकी रशिला महर्जनले आफ्नै क्लबकी अमिता गिरी माथि २१–५, २१–१७ को सहज जित निकाल्दै फाईनलमा आर्मीकै अनुमाया राई संगको भेट पक्का गरेकी हुन्। अनुले कस्तुरी कलेजकी सिमा राजबंशी माथि २१–१८, २१–१४ को जित हात पारेकी हुन्।

लाखेपोखरी बौद्धस्थित स्पोर्ट्स हवको आयोजनामा भएको प्रतियोगिताका भेट्रान ३५ बर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले न्यू बि।एस। का नारायण गौतम र आरिफ मलिकको जोडीलाई २१–१८, २१–१४ ले र चितवनका विद्वान गुरुङ्ग र अमर रायमाभीको जोडीले चन्द्रागिरीका माधव ढकाल र प्रमोद महर्जनको जोडीलाई २१–११, १९–२१, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन्।

यसैगरि पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडीले आयोजक स्पोर्टस् हवका लाक्पा तेङ्गी तामाङ्ग र श्याम तामाङ्गको जोडीलाई २१–१३, २१–१५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे।

पुरुष शिर्ष २० बरियता बाहेकको युगल प्रतियोगितामा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी सूर्यदर्शन युनिटीका महेश खड्का र दीपक रानको जोडीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन्।

यस्तै सेमिमा स्थान बनाउने क्रमा एपिएफका भोज बहादुर गुरुङ्ग र सन्तोष पनेरुको जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१८, १९–२१, २१–१७, स्पोर्टस् हवका अभिषेक गुरुङ्ग र निश्चल कार्कीको जोडीले धादिङ्गका लक्ष्मण मल्ल ठकुरी र देवीनगरका राम मल्ल ठकुरीको जोडीलाई २१–१५, २०–२२, २१–१७, नखिपोटका बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडीले लाफाका मनोज फौदार र बिवेक न्यौपानेको जोडीलाई २१–१७, २१–१९ ले पराजित गरे।

पुरुष भेट्रान युगल ४५ बर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्ग, तिलक छन्त्याल र हिरा रोका, एपिएफका धिरेन्द्र चन्द र गण्डकीका टिका थापा तथा चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेलको जोडी पनि सेमिफाईनलमा स्थान पक्का गर्न सफल भएका छन्।

प्रतियोगिताको फाईनल खेल भोली शनिबार हुने र विजयी खेलाडीहरुलाई प्रमुख अतिथी सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको अश्मेल (अखिल) शाहीले जानकारी गराएका छन्।

प्रकाशित: २७ पुस २०८० ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App