२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

शुक्रबारदेखि एसकेबिसी तेक्वान्दो

प्रथम एसकेबिसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

एसकेबिसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) को संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा ग्योरोगीतर्फ ३५ र पुम्सेमा ५ गरी जम्मा ४० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख रन्जितबहादुर डगौराले जनाएका छन्।

५ सय खेलाडीको सहभागिता रहनेछ। टिम च्याम्पियनले १५ हजार, उपविजेताले १० र तेस्रो हुनेले पाँच हजार नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट पुरुष-महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिनेछन्। दुईदिने प्रतियोगिताका खेल टोखा नगरपालिका वडा– ५ श्रीटोलस्थित श्री समाज भवनमा हुने छ।

प्रकाशित: २७ पुस २०८० ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App