२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

आफ्नो अन्तिम टेस्ट म्याचमा भावुक बन्दै विदा भए वार्नर

अस्ट्रेलियाका दिग्गज खेलाडी डेविड वार्नरले क्रिकेट टेस्ट म्याचबाट सन्यास लिएका छन्। घरेलु मैदान सिड्नीमा पाकिस्तानविरुद्धको खेल खेल्दै वार्नरले क्रिकेटको टेस्ट म्याचबाट सन्यास लिएका हुन्।

आफ्नो अन्तिम टेष्ट म्याचमा वार्नरले अर्धशतक प्रहार गरे। पाकिस्तानविरुद्ध खेलेको आफ्नो अन्तिम म्याच पछि वार्नर निकै भावुक देखिए। उनले आफूलाई सम्हाल्न सकेनन् र मैदानमै रुन थाले। उनको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

यसअघि वान डे म्याचबाट सन्यास लिइसकेको वार्नरले आवश्यकता परेको बेला आफू टिमका लागि उपलब्ध रहने बताए।

वार्नरले ११२ टेस्टमा ८७८६ रन बनाएका छन्। जसमा ४४.५९ र स्ट्राइक रेट ७०.१९ रहेको छ। उनले टेस्टमा २६ शतक र ३७ अर्धसतक बनाएका छन्।

यस्तै १६१ वान डे मा ६९३२ रन, ४३.३० को एभरेज र ९७.२६ को स्ट्राइक रेट बनाए। जसमा २२ शतक र ३३ अर्धशतक रहेका छन्।

टी २० इन्टरनेशनलको ९९ म्याचमा ३२.८८ एभरेज र १४१.३० को स्ट्राइक रेटमा २८९४ रन बनाएका छन्।

प्रकाशित: २२ पुस २०८० ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App