२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

झलनाथलाई रामकुमारीको प्रश्न: पदाधिकारी पनि सर्वसम्मत गर्ने म्यान्डेट कसले दियो कमरेड ?

नेकपा एकीकृत समाजवादीको जारी १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेतामा सर्वसम्मत निर्णय गरेको छ।

बिहीबार महाधिवेशन हलले अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भूसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएको घोषणा गरेको हुन्। उनले अन्य पदहरु सचिवालयले टुङ्ग्याउने निर्णय भएको पनि सुनाए।

तर यस विषयमा महाधिवेशनअघि सचिव रहेकी रामकुमारी झाँक्रीले भने सो निर्णयमा असन्तुष्टि व्यक्त गरेकी छिन्। 

यो पनि पढ्नुहोस्

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल दोहोरिए

उनले सामाजिक सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो । तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्यौंरभयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? को सदस्य, खै त खनाल कमरेड ?’

प्रकाशित: २० असार २०८१ १९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App